बुटवल, बैसाख २४ ।
नेपाली कांग्रेस रुपन्देहीले आफ्नो पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल वा आइसोलेशन निर्माणको लागि दिने भएको छ ।कांग्रेस रुपन्देहीको भैरहवास्थित भीम अस्पतालको पछाडी २ वटा हल, ११ वटा कोठासहितको दुईतले कम्पाउन्ड सहितको भवन रहेको छ । दुई तले कार्यालयमा ६०-७० बेड राख्न मिल्ने अवस्था छ ।
उक्त भवन आइसोलेशन निर्माणको लागि स्थानीय, प्रदेश, संघीय सरकार वा अन्य कुनै गैरनाफामुखी संस्थाले लिन चाहेको खण्डमा तत्काल प्रयोगमा दिने व्यवस्था मिलाइएको नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले नागरिक अनलाईनलाई बताए ।
‘कोरोना महामारीको दोस्रो चरण समुदायस्तरमा फैलिरहेको छ, अस्पतालहरुमा बिरामीको लागि बेड अभाव भइरहेको बेला हाम्राे कदमले बिरामीलाई राहत हुनेछ । ’रज्जाकले सुनाए ।
महामारी नियन्त्रण र जनताको जीवन रक्षाको लागि सबै गम्भिर बन्न कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांणले आग्रह गरे ।
यी समाचार पनि पढाैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)