Logo मंगलवार, श्रावण १२ गते २०८३
images

असाेज ५ बाट आन्तरिक उडान गर्न वायुसेवा कम्पनी सहमत,२५ प्रतिशत मात्रै उडान हुने

असाेज ५ बाट आन्तरिक उडान गर्न वायुसेवा कम्पनी सहमत,२५ प्रतिशत मात्रै उडान हुने

  • 2.9K
    SHARES

  • असाेज ५ बाट आन्तरिक उडान गर्न वायुसेवा कम्पनी सहमत,२५ प्रतिशत मात्रै उडान हुने

    बुटवल,भदौ ३१-

    आन्तरिक हवाई उडान असोज १ गतेबाट खुल्ला भएपनि वायुसेवा कम्पनीहरूले असोज ५ गतेबाट मात्रै सेड्युल उडान गर्ने भएका छन्।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा वायुसेवा कम्पनीहरूले बिहीबारबाट उडान गर्ने सरकारी निर्णय भएपनि आवश्यक तयारी गर्दै ५ गतेबाट उडान गर्न सहमत भएका हुन्।

    तर, ५ गतेबाट सुरु हुने उडान सबै गन्तव्यलाई समेटेर कोभिड महामारी सुरु हुनु अगाडि भएको उडान संख्याको २५ प्रतिशत मात्रै उडान हुने भएको छ। उडान तालिकका विमानस्थल कार्यालयले वायुसेवा कम्पनीहरूसँगको छलफलमा गर्ने तय गर्ने सहमति भएको मन्त्रालयको छलफलमा सहभागी एक सदस्यले जनकारी दिए।वायुसेवा सञ्चालकहरुले ५० प्रतिशत मात्रै यात्रु बोक्ने विषयमा भने असहमति जनाएका थिए। तर, सरकारी निर्णयभन्दा बाहिर जान नमिल्ने मन्त्रालयको भनाइ छ।

    भाडाको विषयमा भने वायुसेवा सञ्चालहरुले छलफल गरेर प्राधिकरणलाई सुझाव दिने र सोही अनुसार हुने भएको छ।सरकारले भने आधा यात्रु बोक्न दिने र भाडा ५० प्रतिशत बढी लिन पाउने निर्णय गरेको छ।

    मन्त्रालयमा सचिवको अध्यक्षतामा नेपाल नागरिक उड्डयन प्राधिकरण, वायुसेवा निगम, वायुसेवा सञ्चालक संघ र एजेन्टस् एसोसिएसन बीच भर्खरै मात्र छलफल सकिएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology