Logo बिहिवार, आश्विन १ गते २०८३
images

राष्ट्रिय सभाको मनोनयन दर्ता आज : एमालेले उम्मेद्वार टुंगाउन सकेन,देवकोटासंग को भिड्ला ?

राष्ट्रिय सभाको मनोनयन दर्ता आज : एमालेले उम्मेद्वार टुंगाउन सकेन,देवकोटासंग को भिड्ला ?

  • 2.2K
    SHARES

  • राष्ट्रिय सभाको मनोनयन दर्ता आज : एमालेले उम्मेद्वार टुंगाउन सकेन,देवकोटासंग को भिड्ला ?

    बुटवल,बैसाख २४-

    बागमती प्रदेशको रिक्त अन्य समूहको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि उम्मेद्वारको मनोनयन दर्ता हुँदै छ।

    जेठ ६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज मनोनयन दर्ता गर्ने मिति तोकेको छ। उम्मेद्वारले बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म मनोनयन पत्र दर्ता गर्न सक्नेछन्। माओवादी केन्द्र, कांग्रेससहितका विपक्षी दलले साझा उम्मेदवारका रूपमा डा. खिमलाल देवकोटालाई उठाउने भएका छन्।

    एमालेले भने हालसम्म उम्मेद्वार तोक्न सकेको छैन। गृहमन्त्री रामबहादुर थापा ‘बादल’को स्थानमा निर्वाचन हुने भएकाले उनलाई नै उम्मेद्वार बनाउने विषयमा बिहीवार छलफल भएपनि सहमति भएन।

     हार्न सक्ने सम्भावना देखेपछि थापाले  आफू नउठ्ने बताएपछि उम्मेद्वार तय हुन नसकेको हो। यसैबीच, राष्ट्रिय सभा उपनिर्वाचनका लागि पाँच दल मात्रै दर्ता भएका छन्। उपनिर्वाचनका लागि एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपा र नेमकिपामात्र दर्ता भएको निर्वाचन आयोगले बताएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology