Logo बिहिवार, आश्विन १ गते २०८३
images

देवदहले बनायो २० वेडको आइसोलेसन,नगरवासीको नि:शुल्क स्वाव परिक्षण

देवदहले बनायो २० वेडको आइसोलेसन,नगरवासीको नि:शुल्क स्वाव परिक्षण

  • 5.6K
    SHARES

  • देवदहले बनायो २० वेडको आइसोलेसन,नगरवासीको नि:शुल्क स्वाव परिक्षण

    बुटवल,बैसाख २३-

    रूपन्देहीको  देवदह नगरपालिकाले अक्सिजनसहित २० वेडको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ ।  कोरोना भाईरसको दोस्रो लहरसंगै देवदह वडा नं ७ मा रहेको मगर समाजको भवनमा अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालन गरिएको देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    त्यस्तैगरी २० देखि ४० बेडसम्मको अक्सिजन सहितको आइसोलेसन र कम्तिमा ५ वेडसम्मको आईसीयु सञ्चालनमा आउने गरी देवदह मेडिकल कलेजले तयारीको काम भैरेहेको उनले बताए ।

    उनले अनलाइनसंग भने-‘हामी जनताको सेवामा छाैै,सहज रूपमा सेवाको लाभ लिनुहुन र केहि समस्या भएमा हामीलाइ सम्पर्क गर्नूस् ।’संक्रमितको उपचारमा आवश्यक सहजीकरण गरिरहेको र अक्सिजन अभावको पछिल्लो अवस्थालाई मध्यनजर गरेर जोखिम न्यूनिकरणको लागि अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालन गरिएको मेयर खत्रीले वताए।ICU DEVDAHA A.jpg

    त्यस्तैगरी नगरबासीको सुविधाका लागि कोरोना संक्रमणको लक्षण देखिएकाहरुको स्वाव समेत त्यहिबाट लिने र स्वाव परिक्षणलाई समेत निशुल्क गरिएको वताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology