Logo बिहिवार, आश्विन १ गते २०८३
images

रूपन्देहीमा जारी निषेधाज्ञालाई थप कडाई गर्ने डीसीसीएमसीको निर्णय,अक्सिजन उद्योगमा प्रहरीले निगरानी गर्ने !

रूपन्देहीमा जारी निषेधाज्ञालाई थप कडाई गर्ने डीसीसीएमसीको निर्णय,अक्सिजन उद्योगमा प्रहरीले निगरानी गर्ने !

  • 4.2K
    SHARES

  • रूपन्देहीमा जारी  निषेधाज्ञालाई थप कडाई गर्ने डीसीसीएमसीको निर्णय,अक्सिजन उद्योगमा प्रहरीले निगरानी गर्ने  !

    बुटवल,बैसाख २३-

    रुपन्देहीमा जारी निषेधाज्ञा थप कडाइ गरिने भएको छ । बिहीबार बसेको जिल्लास्तरीय कोभिड संकट व्यस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले वैशाख ३० सम्म यसअघि नै जारी भएको निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय गरेको हो ।

    डीसीसीएमसीको बैठकले एक-एक जना प्राविधिक जनशक्तिबाट सेवा प्रदान गर्ने गरी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु वैशाख ३०सम्म बन्द गर्ने निर्णय गरेको छ ।

    यस्तै अक्सिजन व्यवस्थापनका लागि जिल्लामा रहेका तीनवटा अक्सिजन उद्योगहरु शंकर अक्सिजन ग्यास प्रालि,लुम्बिनी अक्सिजन इण्डस्ट्रिज र लुम्बिनी अक्सिजन इण्डस्ट्रिज प्रालिमा नेपाल प्रहरीले निगरानी गर्ने निर्णय गरेको छ ।

    औद्योगिक क्षेत्रका फलाम उद्योगहरुमा अक्सिजन सिलिण्डर दिन पूर्ण निषेध गर्ने र कोभिड १९ को उपचार गर्ने अस्पतालहरुलाई पहिलो प्राथमिकता एवं स्थानीय तहबाट सञ्चालित कोभिड अस्थायी अस्पताल,संस्थागत,होटेल,होम आइसोलेसन र बुटवल उपमहानगरबाट सञ्चालित अक्सिजन बैंकमा औचित्यका आधारमा वितरण गर्ने निर्णय गरेको छ ।

    पुर्वाधार एवं विकास निर्माण सम्बन्धमा निर्माणस्थलमा क्वारेन्टाइन (बाहिर आवत जावत नगर्ने सुनिश्चित प्रबन्ध भएको ) वाहेक सबै विकास निर्माणका कार्य अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय भएको छ ।

    कोभिड १९ महामारी व्यवस्थापनका लागि विद्यमान विज्ञ स्वास्थ्यकर्मी,अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य जनशक्ति र उपकरणको अपर्याप्तता देखिएकाले सोको व्यवस्थापनका लागि प्रदेश स्वास्थ्य मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा माग गर्ने निर्णय बैठकले गरेको छ ।

    खाद्यान्न लगायत अत्यावश्यक सामाग्री उत्पादन गर्ने उद्योगहरु बाहेकका अन्य सबै उद्योगहरु र निर्माण सामाग्रीको ढुवानी अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

    निर्णयहरू :

    cdo.jpg

    रुपन्देहीमा बैसाख१६ गते बिहान ६ बजेदेखी ३० गतेसम्म निषेधाज्ञा लगाउने प्रशासनको निर्णय ! (बिज्ञप्तिसहित)

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology