बुटवल,बैसाख २२-
गुल्मीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सत्यवती गाउँपालिका-७ जुनियाका ६९ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ कार्यालय गुल्मीका फोकल पर्शन गोपाल कार्कीले जानकारी दिए ।उनको वैशाख २० गते एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएकोथियो ।
हिजो राति जोहाङ्ग्को आइसोलेसनमा उपचार गर्न ल्याउने क्रममा बाटैमा मृत्यु भएको सत्यवती गाउँपालिका उपाध्यक्ष सुवर्ण शाही शेरचनले बताइन् । यो सहित सो गाउँपालिकामा कोरोना संक्रमणबाट दुई जना पुरुषको ज्यान गएको छ ।
जिल्लाभर दोश्रो लहरमा १२ जनाको र यसअघि १३ सहित २५ जनाको मृत्यु भएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)