बुटवल,बैसाख २२-
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपालमै दाेस्राे ठूलाे प्रदेश मन्त्रिपरिषद बनाएका छन् ।उनले मन्त्रिपरिषद हेरफेरसहित पुन: विस्तार गरेका छन्। अब प्रदेश मन्त्रिपरिषद १० सदस्यीय बनेको छ। याे नेपालमै दाेस्राे ठूलाे प्रदेश मन्त्रिपरिषद हाे ।
मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले मंगलबारमात्र मन्त्रिपरिषदमा तीन जना नियुक्ती गरेको र केही जिम्मेवारी हेरफेर गरेका छन् ।
थपिएकाहरु मन्त्रीहरूमा चेतनारायण आचार्य आन्तरिक मामिला तथा कानून, भोजप्रसाद श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या , धर्मबहादुर लाल श्रीवास्तव शिक्षा तथा सामाजिक विकास छन् ।
यस अघि थपिएका मन्त्री मध्ये हरिप्रसाद रिजाललाई ग्रामिण तथा शहरी विकास मन्त्रालय, कल्पना पाण्डेलाई उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।
बैजनाथ चौधरी आर्थिक मामिला तथा योजनामन्त्री, सन्तोषकुमार पाण्डे भौतिकपूर्वाधार विकासमन्त्री, विजयबहादुर यादव भूमिव्यवस्था कृषि तथा शहकारी मन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा यथावत छन्।

यी समाचार पनि पढ्नुहाेस् :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)