Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नवनियुक्त प्रदेश प्रमुख पौडेल र यादवलाइ नजिकबाट चिनाैँ

नवनियुक्त प्रदेश प्रमुख पौडेल र यादवलाइ नजिकबाट चिनाैँ

  • 3.9K
    SHARES

  • नवनियुक्त प्रदेश प्रमुख पौडेल र यादवलाइ नजिकबाट चिनाैँ

    बुटवल,बैसाख २१- 

    सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्दै नयाँ नियुक्तीको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

    मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई हटाएर रिक्त पदमध्ये गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तको सिफारिस गरेको हो।

    नवनियुक्त प्रदेश प्रमुखको  राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहण समेत भयाे ।

    पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुन् । उनी एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्षसमेत हुन्।

    त्यस्तै यादव भने दोस्रो संविधान सभाका उपाध्यक्ष र उपभामुख भएका थिए। उनी राप्रपा नेपालबाट उपसभामुख बनेका थिए । तर, यादव २०७४ सालको प्रतिनिधिसभा चुनावअघि एमाले प्रवेश गरेका थिए।

    यसअघि २०७६ कात्तिकमा सरकारले सातै वटा प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको थियो। त्यतिबेला प्रदेश २, गण्डकी र सुदूरपश्चिममा माओवादी केन्द्र निकटकालाई नियुक्त गरिएको थियो। तर, नेकपा विभाजन भएसँगै प्रदेश-२ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरी राजेश झालाई जिम्मेवारी दिइएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology