Logo मंगलवार, श्रावण १२ गते २०८३
images

काठमाडौं उपत्यकामा २९ बैशाखसम्म निषेधाज्ञा थप,विहान ७ -९ बजेसम्म खाद्यान्न र तरकारीका पसल खुल्ने

काठमाडौं उपत्यकामा २९ बैशाखसम्म निषेधाज्ञा थप,विहान ७ -९ बजेसम्म खाद्यान्न र तरकारीका पसल खुल्ने

  • 3.4K
    SHARES

  • काठमाडौं उपत्यकामा  २९ बैशाखसम्म निषेधाज्ञा थप,विहान ७ -९ बजेसम्म खाद्यान्न र तरकारीका पसल खुल्ने

    बुटवल,बैसाख २१-

    काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप गरिएको छ । प्रमुख जिल्ला अधिकारीहरुको बैठकले फुटपाथ र ठेलागाडामा रोक लगाउने निर्णय गरेको छ । मास्क नलगाउनेलाई पनि कारवाही गर्ने निर्णय भएको छ ।

    बुधबार बसेको उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञा २९ बैशाखसम्म थप गर्ने निर्णय गरेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

    यसअघि १६ बैशाखबाट जारी निषेधाज्ञा भोलि राति १२ बजेबाट सकिदैं थियो । कोभिड-१९ संक्रमणको जोखिम उच्च बनेको निष्कर्ष निकाल्दैं प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा अझ कडा बनाउने निर्णय पनि गरेको छ ।

    अब अत्यावश्यकबाहेक घरबाहिर निस्कन समेत पाइने छैन । अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई होल्डिंग सेन्टरमा राखेर जरिवाना गरिनेछ । यसअघि साँझ र विहान २ पटक पसलहरु खुल्ला हुँदैं आएकोमा अब एक पटक विहान मात्रै पसलहरु खुल्ला रहनेछन् ।

    विहान ७ बजेदेखि ९ बजेसम्म खाद्यान्न, तरकारीलगायतका पसलहरु खोल्न दिइनेछ । यस्तै, सवारी आवागमनमा पनि कडाइ हुने भएको छ । प्रशासनले यसअघि जारी गरेका सबै पासहरु रद्ध गर्ने निर्णय गरेको छ । बैंक तथा वित्तिय संस्थाका २५ प्रतिशत कार्यलयहरु खुल्ला राख्न पाइनेछ भने त्यहाँ २० प्रतिशत कर्मचारीलाई मात्र काममा लगाउन पाइनेछ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology