Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनीमा एमाले छाेडेका सांसद पाण्डेय कांग्रेस प्रवेश,राष्ट्रिय सभामा उम्मेदवार बनाइने

लुम्बिनीमा एमाले छाेडेका सांसद पाण्डेय कांग्रेस प्रवेश,राष्ट्रिय सभामा उम्मेदवार बनाइने

  • 6.3K
    SHARES

  • लुम्बिनीमा एमाले छाेडेका सांसद पाण्डेय कांग्रेस प्रवेश,राष्ट्रिय सभामा उम्मेदवार बनाइने

    बुटवल,बैसाख २०-

    लुम्बिनी प्रदेशमा हिजोमात्रै नेकपा एमालेको सांसद पदबाट राजीनामा दिएका दृगनारायण पाण्डेय नेपाली कांग्रेस प्रवेश गरेका छन्।

    मुख्यमन्त्रीमा शंकर पोखरेल दोहोरिपछि असन्तुष्टि जनाउँदै हिजो आइतबार पाण्डेयले राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत भइसकेको छ। 

    आज पत्रकार सम्मेलन गरेरै उनी कांग्रेस प्रवेश गरेका छन्। पाण्डेयलाई अब जेठ ६ मा हुने राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बनाइने छ।  उपनिर्वाचनमा उनलाई विपक्षी गठबन्धनबाट साझा उम्मेदवार बनाउने सहमति भएको कांग्रेसका प्रमुख सचेतक फकरूद्दिन खाँनले नागरिक अनलाइनलाई जानकारी दिए ।

    उनी गत चुनावमा एमालेबाट कपिलवस्तु क्षेत्र नम्बर २ ख प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्काको ठाउँमा उपनिर्वाचन हुँदैछ। सो ठाँउमा दृगनारायण पाण्डेय जानेछन् ।

    यी समाचार पनि पढ्नुहाेस् :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology