Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल देवीनगरमा विवान फार्मेसीको सेवा शुभारम्भ,गुणस्तरिय सेवा दिने प्रतिबद्धता

बुटवल देवीनगरमा विवान फार्मेसीको सेवा शुभारम्भ,गुणस्तरिय सेवा दिने प्रतिबद्धता

  • 8.0K
    SHARES

  • बुटवल देवीनगरमा विवान फार्मेसीको सेवा शुभारम्भ,गुणस्तरिय सेवा दिने प्रतिबद्धता

    बुटवल,बैसाख २०-

    बुटवल –११ देवीनगरमा विवान फार्मेसीले सेवा शुभारम्भ गरेको छ । देवीनगर होराइजन चोक प्रभातपथमा संचालनमा आएको उक्त फार्मेसीले आजदेखि सेवा संचालन गरेको हो ।

    फार्मेसीमा सम्पूर्ण प्रकारका औषधी एवं ल्याव सेवा उलब्ध गराइएको म्यानेजिङ्ग डाइरेक्टर दीपक ढकालले बताए । हाललाइ २ जना डाक्टर र एक जना फार्मासिस्ट,एक असिस्टेन्ट फार्मासिस्ट एक जना ल्याव टेक्निसियन सहित गुणस्तरीय सेवा प्रदान गरिने उनले नागरिक अनलाइनलाइ बताए ।

    उनले भने–‘हाडजोर्नी,नसा,बाथ, मेरुदण्ड,युरिक एसिडका बिशेषज्ञ डाक्टर सुनिक कुमार चौधरी र अर्का आयुर्बेद बिशेषज्ञ डा डिके धितालले सेवा दिनेछन् ।’

    करिब १५ लाख लगानीमा संचालनमा ल्याइएको फार्मेसीमा स्त्री रोग बिशेषज्ञ,हाडजोर्नी,मुटुुरोग,फिजिसियन डा रहने उनले बताए ।

    आवश्यकताका आधारमा फार्मेसीले अनलाईन डेलिभरी सेवा समेत शुरु गर्ने योजना रहेको रजिस्टर फार्मसिस्ट शुभेन्द्र प्रसाद यादवले जानकारी दिए ।

    सेवा शुभारम्भका अवसरमा फार्मेसीले निशुल्क मधुमेह शिविर संचालन गरेको छ भने अन्य सेवामा ४० प्रतिशत छुट सुविधा दिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology