Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशमा एमालेका तीन सांसदले दिए राजीनामा,पोखरेलको नयाँ नियुक्ति विवादमा फस्याे !

लुम्बिनी प्रदेशमा एमालेका तीन सांसदले दिए राजीनामा,पोखरेलको नयाँ नियुक्ति विवादमा फस्याे !

  • 5.2K
    SHARES

  • लुम्बिनी प्रदेशमा एमालेका तीन सांसदले दिए राजीनामा,पोखरेलको नयाँ नियुक्ति विवादमा फस्याे !

    बुटवल,बैसाख १९-

    लुम्बिनी प्रदेशमा नेकपा एमालेका तीन जना सांसदले राजीनामा दिएका छन्। शंकर पोखरेल पुन: मुख्यमन्त्री नियुक्त भएपछि असन्तुष्टि जनाउँदै उनीहरूले आज पदबाट राजीनामा दिएका हुन्।

    कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजयबहादुर शाहीले राजीनामा दिएका हुन्। आफूहरूले राजीनामा पत्र प्रदेश सभा सचिवालयमा पठाइसकेको सांसद पाण्डेयले बताए।Birga-narayan pandey.jpg

    थप तीन जना सांसदले पदबाट राजीनामा दिएपछि पोखरेलको नयाँ नियुक्ति विवादमा फसेको छ। 

    श्रीवास्तव कपिलवस्तु २ ख बाट विजयी सांसद हुन् भने अर्का सांसद अजय शाही नवलपरासी १ ख बाट विजयी सांसद हुन् । हृदयश त्रिपाठीसँग नजिक रहेका उनीहरु सूर्य चिन्हबाट विजयी भएपनि स्वतन्त्र राजनीतिक समूहका रुपमा चिनिन्छन् । उनीहरुले आफूहरु एमालेको सदस्य नरहेको दावी गर्दै आएका छन् । 

    यी समाचार पनि पढ्नुहाेस् :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology