Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रूपन्देहीमा कोरोना संक्रमितको संख्या १८२१पुग्याे, बुटवलका ३० सहित मंगलबार थपिए ५८ जना

रूपन्देहीमा कोरोना संक्रमितको संख्या १८२१पुग्याे, बुटवलका ३० सहित मंगलबार थपिए ५८ जना

  • 4.7K
    SHARES

  • रूपन्देहीमा कोरोना संक्रमितको संख्या १८२१पुग्याे, बुटवलका ३० सहित मंगलबार थपिए ५८ जना

    बुटवल,भदाै ३०-

    रुपन्देहीमा ५८ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन्। मंगलबार थपिएका सहित रूपन्देहीमा कोरोना संक्रमितको संख्या १८ सय २१ पुगेको छ।

    हालसम्म संक्रमण पुष्टि भएका २० जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएकाे छ।

    मंगलबार बेलुकासम्मको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीका ५ स्थानीय तहका २६ महिला र ३२ पुरुष गरी ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताए ।

    सबैभन्दा बुटवल उपमहानगरपालिकामा १६ महिला १४ पुरुष गरी ३० जना, सिद्धार्थनगरका ८ जना, कञ्चनमा ६, रोहिणीमा ११ र देवदहमा ३ जनामा संक्रमण पुष्टि भएको छ।

    संक्रमित मध्ये ९६२ जनाको विभिन्न आइशोलेशन सेन्टर र होम आइशोलेशनमा उपचार भइरहेको छ। ८३९ जना निको भएर घर फर्केका छन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology