Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशकी सांसद विमला खत्रीले भनिन्- मैले आफ्नै इच्छा/चाहानाले माओवादी राेजेँ,अपहरण भनेर हल्ला चलाइँएछ’ 

लुम्बिनी प्रदेशकी सांसद विमला खत्रीले भनिन्- मैले आफ्नै इच्छा/चाहानाले माओवादी राेजेँ,अपहरण भनेर हल्ला चलाइँएछ’ 

  • 6.0K
    SHARES

  • लुम्बिनी प्रदेशकी सांसद विमला खत्रीले  भनिन्- मैले आफ्नै इच्छा/चाहानाले  माओवादी राेजेँ,अपहरण भनेर हल्ला चलाइँएछ’ 

    बुटवल,बैसाख १९-

    लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वलीले आफ्नै इच्छा/चाहानाले माओवादी पार्टी रोजेको बताएकी छन् ।  ‘श्रीमानको दुर्घटनापछि म राजनीतिमा आएँ, म सामान्य गृहिणी थिए,चुनावसम्म त मलाइ एमाले माओबादी भन्ने थाहा पनि थिएन ।’-उनले भनिन् ।

    माओबादीले मलाइ सधैं सर्पोट गर्ने भएकाले आफ्नै इच्छा-चाहानाले माओवादी पार्टी रोजेँ,अपहरण भनेर हल्ला चलाइएछ दुख लाग्यो । आज बुटवलमा पत्रकार सम्मेलन गर्दै उनले उनले आफू कसैको प्रभाव र प्रलोभनमा नपरेको बताइन् । 

    ०७६ मंसिर १४ मा सम्पन्न उपनिर्वाचनमा दाङ ३ २ बाट प्रदेश सभामा निर्वाचित भएको उनले बताएकी छन्। त्यसबेला एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाबाट आफू प्रदेश सभामा लडेको र  सर्वोच्च अदालतको निर्णयले नेकपा पूर्ववत् एमाले र माओवादीमा फर्किएपछि  माओवादी रोजेको उनले बताइन्। 

    उनका श्रीमानले तत्कालिन एमालेबाट चुनाव जितेका थिए। दुर्घटनामा उनको मृत्यु भएपछि वली श्रीमानको ठाउँमा चुनाव लडेर जित्दै नेकपाबाट प्रदेश सभा सदस्य बनेकी थिइन्।

    यी समाचार पनि पढ्नुहाेस् :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology