बुटवल,बैसाख १९-
लुम्बिनी प्रदेशमा नयाँ सरकार बन्ने चर्चा चलिरहेका बेला सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन् । वली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ ।
नेकपाका तर्फबाट उनले दाङबाट प्रदेशसभा ३ ख बाट उपचुनाव जितेकी थिइन् । २०७६ मंसिरमा भएको उपनिर्वाचनमा उनी ५ हजार १०४ मतान्तरले विजयी भएकी थिइन् । वलीले २४ हजार २८६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशवराज आचार्यले १९ हजार १८२ मत प्राप्त गरेका थिए ।
माओवादी र एमाले विभाजित भएपछि उनी कता लाग्ने टुंगो नलाग्दै एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो ।
मुख्यमन्त्री पोखरेलले वलीसहित ४१ सांसदको हिसाब गरेका थिए।
तर विमलाले माओवादी रोजेपछि पोखरेलसँग अब ४० मात्रै सांसद रहेका छन्। केसीले वलीसहित माओवादीका १८, कांग्रेसका १९, जसपाका २ र जनमोर्चाका एकजना सांसदको साथ बहुमत देखाउँदै माग दाबी गरेका हुन् । बिमला माओवादीतर्फ लागेपछि केसीको पक्षमा ४१ सांसदसहित बहुमत देखिएको छ ।
यी समाचार पनि पढ्नुहाेस् :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)