Logo बिहिवार, आश्विन १ गते २०८३
images

वामीटक्सारका मृगौला पिडित श्रीसलाइ बँचाउन सहपाठीले दिए २ लाख

वामीटक्सारका मृगौला पिडित श्रीसलाइ बँचाउन सहपाठीले दिए २ लाख

  • 3.3K
    SHARES

  • वामीटक्सारका मृगौला पिडित श्रीसलाइ बँचाउन सहपाठीले दिए २ लाख

    कौरव खत्री/गुल्मी  बैशाख १९ ।

    गुल्मी मुसिकोट नगरपालिका ७ वामीटक्सारका मृगौला पिडित ३७ बर्षीय चन्द्र बहादुर श्रीस (रेम) बचाउ अभियानलाई साथ दिँदै श्रीसको परिवारलाई एक लाख सतासी हजार बढी रकम  हस्तान्तरण गरिएको छ. ।

    वडिगाड गाउँपालिका २ सिमलचौर स्थायी घर भई गणतन्त्र चेकमा हुनुहुने सञ्जय अधिकारीको नेतृत्वमा संकलित १ लाख,८७ हजार, ४ सय ३१ रुपैया, जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसाल र पत्रकार कमल पौडेलको हातवाट रेमका बाबा इन्द्र वहादुर श्रीसलाई वामीटक्सार पल्टार स्थित घरमै पुगेर हस्तान्तरण गरिएको हो ।

    श्रीसका दुवै मृगौला फेल भएपछि लामो समय काठमाडौंमा उपचार भएको र हाल जापानमै उपचार भैरहेको छ. । लामो समयको उपचारका कारण उपचार खर्च अभाव भएको भन्दै स्वयं श्रीसले सामाजिक सञ्जाल मार्फत सहयोगको लागि याचना गनुभएको थियो ।

    सोही आधारमा सहपाठी तथा मानवसेवीहरुले स्वस्फुर्त रुपमा सहयोग संकलन अभियान सुरु भएको हो । घरमा आर्थिक अवस्था कमजोर रहेको तर उपचार खर्च अभाव भएकोले  सहयोग अभियान सुरु गरिएको अधिकारीले बताउनु भएको छ ।

    श्रीसको उपचारको लागि ३० लाख वढी आवश्यक पर्ने परिवारले जनाएको छ । यस अघि जापान लगायतका देशमा रहने वामेलीहरुको नेतृत्वमा १२ लाख वढी रकम संकलन भइ हस्तान्तरण भएको थियो । सहयोग रकम बुझ्दै रेमका बुबा इन्द्र बहादुरले सवैको सहयोगले आफ्नो एक मात्र छोरा बाँच्ने भन्दै सहयोग गर्ने सवैलाई धन्यवाद दिनु भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology