Logo मंगलवार, श्रावण १२ गते २०८३
images

BREAKING NEWS : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा !

BREAKING NEWS : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा !

  • 6.9K
    SHARES

  • BREAKING NEWS : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा !

    बुटवल,बैसाख १९- 

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । उनी २०७४ फागुन ३ गते मुख्यमन्त्री बनेका थिए।

    लुम्बिनी प्रदेश सभाको विशेष अधिवेसन आजबाट सुरु हुदैथियो ।मुख्यमन्त्रीविरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको छ । 

    पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेश सभामा आजबाट छलफल सुरू हुँदै थियो।

    संविधानको धारा १६८ अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ (१) अनुसारको सरकार गठनका लागि पोखरेलले राजीनामा दिएको स्रोतले बतायो।

    मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अहिले एमाले लुम्बिनी संसदीय दलको बैठक बसिरहेको छ। दाङ २ क बाट चुनाव जितेका पोखरेल  २०७४ मा प्रदेश सरकार बनेपछि पहिलो पटक मुख्यमन्त्री पोखरेलको सरकार ढलेको हो।

    पोखरेलले दिएको राजीनामा स्वीकृत :

    cm rajinamaa.jpg

    मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएको  छ । लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत भएको जानकारी दिएको हो। 

    साथै संविधान बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई नै प्रदेशको मन्त्रिपरिषद् कार्यभार सञ्चालन गर्न तोकिएको विज्ञप्तिमा जनाइएको छ। 

    मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएका थिए।

    यी समाचार पनि पढ्नुहाेस् :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology