Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालमा थप ५७६३ जनामा कोराेना संक्रमण पुष्टि,रुपन्देहीमा ४२२ थपिए,देशभर १९ जनाको मृत्यु

नेपालमा थप ५७६३ जनामा कोराेना संक्रमण पुष्टि,रुपन्देहीमा ४२२ थपिए,देशभर १९ जनाको मृत्यु

  • 2.9K
    SHARES

  • नेपालमा थप ५७६३ जनामा कोराेना संक्रमण पुष्टि,रुपन्देहीमा ४२२ थपिए,देशभर १९ जनाको मृत्यु

    बुटवल,बैसाख १८-

    नेपालमा पछिल्लो २४ घण्टामा थप ५७६३ जनामा कोराेनासंक्रमण पुष्टि भएको हो । पहिलो लहरमा एकै दिन सबैभन्दा बढी ५७४३ जना संक्रमित फेला परेका थिए ।

    १४ हजार ४०३ जनाको पीसीआर र ५६६ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ५ हजार ७०६ र ५७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको कूल संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ ।

    काठमाडौँ जिल्लामा मात्र १९३२ जना संक्रमित फेला परेका छन् भने ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जना संक्रमित थपिएका छन् । प्रदेश १ मा झापामा ५२ र सुनसरीमा ६९ जना संक्रमित भेटिएका छन् भने प्रदेश २ मा पर्सामा सर्वाधिक १६३ जना संक्रमित थपिएका छन् ।

    पछिल्लो २४ घण्टामा थप १२८७ जना संक्रमित निको पनि भएका छन् । नेपालमा कूल संक्रमितमध्ये २ लाख ८२ हजार ३८२ जना संक्रमित निको भइसकेका छन् । नेपालमा निको हुने दर ८५.९ प्रतिशत रहेको छ ।

    पछिल्लो एक दिनमा थप १९ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ । योसँगै नेपालमा हालसम्म ३ हजार २९८ जनाले ज्यान गुमाइसकेका छन् ।

    गण्डकी प्रदेशको कास्कीमा २१२, लुम्बिनी प्रदेशको बाँकेमा ५५१, रुपन्देहीमा ४२२ र दाङमा २५१ जना संक्रमित फेला परेका छन् । कर्णालीमा सुर्खेतमा ९७ जना संक्रमित थपिएका छन् भने सुदूरपश्चिममा कैलालीमा १२५ जना संक्रमित फेला परेका छन् ।

    नेपालमा हाल ४३ हजार २१३ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये होम आइसोलेसनमा ४० हजार १०३ जना, संस्थागत आइसोलेशनमा ३ हजार ११० जना, आईसीयूमा ४०१ जना र भेन्टिलेटरमा ११० जना रहेका छन् ।

    १२ वटा जिल्लामा ५ सयभन्दा बढी संक्रमित उपचाररत छन् जसमा काठमाडौँ उपत्यका तीन जिल्लासहित मोरङ, पर्सा, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली रहेका छन् । १७ वटा जिल्लामा २ सयभन्दा बढी संक्रमित उपचाररत छन् ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology