Logo बुधवार, श्रावण १३ गते २०८३
images

सैनामैनाको कोभिड १९ अस्थायी अस्पतालमा संक्रमित पुरुषले किन गरे प्राणत्याग ?

सैनामैनाको कोभिड १९ अस्थायी अस्पतालमा संक्रमित पुरुषले किन गरे प्राणत्याग ?

  • 6.0K
    SHARES

  • सैनामैनाको कोभिड १९ अस्थायी अस्पतालमा संक्रमित पुरुषले किन गरे प्राणत्याग ?

    बुटवल,बैसाख १८-

    संचालनको तीन दिन नहुदै रुपन्देहीको सैनामैनामा संचालित कोभिड १९ अस्थायी अस्पतालमा एक युवाले प्राणत्याग गरेका छन् ।

    सैनामैना १ वनकट्टा स्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको भवनमा बनेको कोरोना अस्थायी अस्पतालको शाैचालयमा  सैनामैना रानिबगियाका ४० वर्षीय पाण्डे थरका पुरुषले शनिबार बिहान शौचालयमा आत्महत्या गरेका हुन् ।

    उनमा मानसिक समस्या पनि रहेको दाबी गरिएको छ ।

    वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेकामा शनिबार बिहान ४ बजे शौचालय जाने बहानामा झुण्डिएर आत्महत्या गरेका अस्पतालका स्वास्थ्यकर्मी दीपक पाण्डेले जानकारी दिए ।

    साे अस्पतालमा हाल तीनवटा मोनिटरयुक्त बेड, पाँचवटा अक्सिजनयुक्त बेड र ४५ वटा आइसोलेसन बेड रहेको छ । यसैगरी एकजना विशेषज्ञ डाक्टर, एकजना हेल्थ असिस्टेन्ट, दुईजना स्टाफ नर्स, चारजना अनमी र एकजना अहेब कार्यरत छन् ।sainamaina hospital.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology