Logo बिहिवार, आश्विन १ गते २०८३
images

रूपन्देहीमा कोरोना : संक्रमणबाट मृत्यु हुनेको संख्या १९१ पुग्याे,थपिए ४५९ संक्रमित

रूपन्देहीमा कोरोना : संक्रमणबाट मृत्यु हुनेको संख्या १९१ पुग्याे,थपिए ४५९ संक्रमित

  • 3.0K
    SHARES

  • रूपन्देहीमा कोरोना : संक्रमणबाट मृत्यु हुनेको संख्या १९१ पुग्याे,थपिए ४५९ संक्रमित

    बुटवल,बैसाख १८-

    रुपन्देहीमा कोरोना संक्रमणको स्थिति भयावह भएको छ । पछिल्लो २४ घण्टामा थप ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ सय ४६ नमूनामा परिक्षण गरिएकामध्ये साे संख्यामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

    रुपन्देहीमा कुल मृत्यु हुनेको संख्या १ सय ९१ पुगेको छ ।पछिल्लो २४ घण्टामा मात्र ४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

    बुटवल उपमहानगर पालिकामा मात्रै २ सय ११ जना संक्रमित पुगेका छन् । तीमध्ये ९४ जना महिला र १२२ जना पुरुष हुन् । 

    त्यस्तै तिलोत्तमा नगरपालिकामा ७३, सैनामैनामा १६ जना, सियाारी गाउँपालिकामा ७, देवदहमा २०, गैडहवामा २, मायादेवीमा ८, मर्चवारीमा १, ओमसतियामा ७,कञ्चनमा ८, रोहिणीमा २, लुम्बिनी साँस्कृतिकमा २, शुद्धोधनमा ८ र कोटहिमाईमा २ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

    यससँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ३० जना पुगेको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology