Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपालमा थप १४५९ जनामा कोरोना संक्रमण,५६ हजार ७८८ जना पुगे संक्रमित

नेपालमा थप १४५९ जनामा कोरोना संक्रमण,५६ हजार ७८८ जना पुगे संक्रमित

  • 2.6K
    SHARES

  • नेपालमा थप १४५९ जनामा कोरोना संक्रमण,५६ हजार ७८८ जना पुगे संक्रमित

    बुटवल,भदौ ३०- 

    पछिल्लो २४ घण्टायता थप १ हजार ४५९ नयाँ संक्रमित थपिएका छन्। योसहित हालसम्म ५६ हजार  ७८८ जना संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

    हाल देशभर सक्रिय संक्रिय संक्रमितको संख्या १५ हजार ७७९ छ भने  ८ हजार १३९ संस्थागत आइसोलेसनमा छन्। ७ हजार ६४० जना होम आइसोलेसनमा छन्। 

    आज  १० हजार ३७५ जनाको पिसिआर परीक्षण भएको छ।  हाल क्वारेन्टाइनमा ७ हजार २५०  छन्। 

    आज १०६२ जना निको भएर घर फर्किएका छन्। हालसम्म ४० हजार ६३८ जना निको भएका छन्। यो ७१ दशमलव ५ प्रतिशत हो।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology