बुटवल,बैसाख१७-
नेपालमा पछिल्लो २४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३२७९ पुगेको छ।पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५ हजार ३ सय ९१ नमूनाको पिसिआर परीक्षण र ५ सय २५ जनाको एन्टिजेन परीक्षण भएको थियो।
त्यसमध्ये पिसिआर विधिबाट ५ हजार ६ सय ५७ जना र एन्टिजेन विधिबाट ७० जना गरी ४ हजार ५ सय ७ सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। काठमाडौं उपत्यकामा भक्तपुरमा १३३, ललितपुरमा ४१९ र काठमाडौंमा २४०४ जना गरी दुई हजार ९ सय ५६ संक्रमित थपिएका छन्।
देशभर सक्रिय संक्रमित संख्या ३८ हजार ८ सय १३ रहेको छ। कोरोनाबाट निको हुनेको दर ८६.९ प्रतिशत छ। योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख २३ हजार १ सय ८७ पुगेको छ। गत २४ घण्टामा ९२८ जना उपचारपछि डिस्चार्ज भएका छन्।
योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८१ हजार ९५ पुगेको मन्त्रालयले जनाएको छ। आज देशभर ५५ जना क्वारेन्टिनमा छन्। 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)