काठमाडौं,बैसाख१७-
सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टी हेलिकप्टर धौलागिरि हिमालमा भेटिएको छ। नेपाली सेनाको टोलीले दुई वटा मानव अवशेषसहित हेलिकप्टर फेला पारेको हो।
सेनाको टोलीले बिहीबार धौलागिरी बेस क्याम्पनजिकै हेलिकप्टर र दुई वटा शव भेटाएको हो।
हिमाल सफाइमा निस्केको सेनाको टोलीले दुर्घटनाग्रस्त हेलिकप्टर र दुई शव फेला पारेको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)