Logo बुधवार, श्रावण १३ गते २०८३
images

१७ जिल्लामा कोरोना संक्रमण भयावह :‘ नेपाल सरकार भन्छ :अस्पतालमा बेड उपलब्ध गराउन सकिन्न’

१७ जिल्लामा कोरोना संक्रमण भयावह :‘ नेपाल सरकार भन्छ :अस्पतालमा बेड उपलब्ध गराउन सकिन्न’

  • 6.4K
    SHARES

  • १७ जिल्लामा कोरोना संक्रमण भयावह  :‘ नेपाल सरकार भन्छ :अस्पतालमा बेड उपलब्ध गराउन सकिन्न’

    बुटवल,बैसाख१७-

    सरकारले स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी कोरोना संक्रमण बढेकाले अस्पतालमा शैय्या उपलब्ध गराउन नसक्ने बताएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक अपील जारी गर्दै उपत्यकाका तीनसहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको र अवस्था भयावह भएको बताएको हाे ।

    मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा कोरोना संक्रमणका हिसाबले अति प्रभावित जिल्ला हुन् ।

    मन्त्रालयले अघि भनेको छ, ‘स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ ।’

    मन्त्रालयले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न र संवेदनशील बन्न सबैलाई अपील गरेको छ ।

    Health-ministry.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology