Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देही प्रशासनको ज्यादती : निषेधाज्ञा उल्लंघनको आरोपमा तीनजना कारागार चलान !

रुपन्देही प्रशासनको ज्यादती : निषेधाज्ञा उल्लंघनको आरोपमा तीनजना कारागार चलान !

  • 17.1K
    SHARES

  • रुपन्देही प्रशासनको ज्यादती : निषेधाज्ञा उल्लंघनको आरोपमा तीनजना कारागार चलान  !

    बुटवल,बैसाख१७-

    निशेधाज्ञाको पहिलाे दिन रुपन्देही प्रहरीले तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ । उनीहरु माथि निषेधाज्ञा उल्लंघन गरेको आरोप छ ।

    जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएकोमा प्रतिव्यक्ति नौ हजार एक सय रुपैयाँ जरिवाना तिर्न नसकेका तीनजना कारागार चलान भएका हुन् ।butwal banda.jpgbanda.jpg

    कारागार चलान भएकाहरुमा रुपन्देहीको मायादेवी गाउँपालिका–४ का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहार रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

    ‘नियन्त्रणमा लिइएका ७ जना पुरुष र एक महिलामध्ये पाँचजना पुरुषले भने नौ हजार एक सय र एक महिलाले ६ सय रुपैयाँ जरिवाना तिरेर छुटे, जरिवाना तिर्न नसक्ने तीनजना एक महिना थुनामा गए,’ उनले भने ।

    प्रहरीले निषेधाज्ञाको अवज्ञा गरेको भन्दै पहिलो दिन  १ हजार २० वटा  सवारी साधन होल्डमा राखेर छाडेको छ । जसमध्ये ५० वटा सार्वजनिक सवारी साधन, १० वटा निजी सवारी साधन, १८० वटा मालवाहक सवारी साधन, ७१० वटा मोटरसाइकल, ७० वटा साइकल र २०० जना प्रदलयात्रीलाई होल्डमा राखेर छाडिएको डीएसपी थापाले बताए ।lockown butwal.jpg

    मानव अधिकार तथा शान्ति समाजका सभापति खनाल भन्छन् -थुनामा राख्नु प्रशासनको ज्यादती

    मानव अधिकारको दृष्टिले निषेधाज्ञाकोअवज्ञा गरेकालाइ कानुनी कारबाही गर्ने बहानामा मानव अधिकारको उल्लंघन भएको मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गाेविन्द खनालले बताए ।

    ‘निषेधाज्ञाको पालना गराउनु जायज हो,तर सर्वसाधारण नागरिकको अवस्था ख्याल नगरी त्यसरी एक महिना जेल पठाउनु गलत हो,’ खनालले भने,‘कानून पालना गराउने नाममा गरीब र विपन्न नागरिकमाथि अन्याय र ज्यादती गरिनु हुँदैन ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology