Logo बिहिवार, आश्विन १ गते २०८३
images

पत्रकार महासंघ रुपन्देहीले भन्याे-‘जीवनलाई पहिलो प्राथमिकतामा राखेर दैनिक कार्य सम्पादन गर्नूस् ’

पत्रकार महासंघ रुपन्देहीले भन्याे-‘जीवनलाई पहिलो प्राथमिकतामा राखेर दैनिक कार्य सम्पादन गर्नूस् ’

  • 4.5K
    SHARES

  • पत्रकार महासंघ रुपन्देहीले भन्याे-‘जीवनलाई पहिलो प्राथमिकतामा राखेर दैनिक कार्य सम्पादन गर्नूस् ’

    बुटवल,बैशाख १६- 

    नेपाल पत्रकार महासंघ रुपन्देहीले विभिन्न निर्णय गरेको छ । नियमित बैठक कोरोना महामारीलाई मध्यनजर गरि भौतीक दुरी कायम गरि अध्यक्ष रामराज पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको हाे  ।

    बैठकले कोभिड १९ को महामारीमा आफ्नो जीवनलाई पहिलो प्राथमिकतामा राखेर दैनिक कार्य सम्पदान गर्न, तथा पत्रकार आचार संहिताको पूर्ण पालना गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

    सम्पूर्ण पत्रकारहरुलाई ‘शुरुमा आफू सुरक्षित रहौं, त्यसपछि मात्रै सञ्चारकर्मीका रुपमा भूमिका निर्वाह गरौं’ नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले तय गरेका स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आह्वान गरेको छ ।

    यस्तै बैठकले कोरोना महामारीका बेला पत्रकारहरुले खाइपाई आएको सेवा सुविधा कटौती नहुने गरि घरबाटै काम गर्ने वातावरण बनाउन सञ्चारगृहलाई आग्रह गरेको छ । यसैगरि बैठकले रुपन्देहीका स्थानीय तह, सरकारका विभिन्न निकायलाई सूचना प्रवाह एंव कोभिड नियन्त्रण तथा सचेतना अभियानमा सञ्चारमाध्यमको अधिकतम प्रयोग गर्न तथा पत्रकारलाई कोभिड नियन्त्रणको अभियानमा सँगै लिएर अघि बढ्न अपिल गरेको छ ।

    बैठकले कोरोना महामारीका रुपमा फैलिएकाले आवश्यक सूूचना संकलनमा पत्रकारहरुलाई अवरोध नगरि नागरिकको सुसुचित हुने अधिकारलाई बढावा दिन तथा सरकार, सुरक्षा निकाय, प्रशासन एंव सम्बद्ध सबैलाई समन्वय र सहकार्यका लागि अनुरोध गरेको छ ।

    बैठकले कोरोना संक्रमित बिरामीले उपचार नै नपाउने, अक्सिजनको अभावमा मृत्यूू हुनुपर्ने जस्ता समस्याहरु देखा परेकाले संघीय, प्रदेश तथा स्थानीय सरकारसँग नागरिकको स्वास्थ्य सुरक्षालाई संरक्षण गर्न एंव उपचार सेवा प्रभावकारी बनाउन जोडदार माग गरेको छ ।Fnj 15-page-001.jpg

    यसैगरि कोरोना महामारीमा पत्रकारहरुका लागि आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउन पलह गर्ने निर्णय सचिव विनोद परियारले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology