बुटवल,बैशाख १६-
पूर्वरानी कोमल शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको छ । उनलाइ नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गरिएको हो ।
अस्पतालले जारी गरेको प्रेस नोटअनुसार उनलाई श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो ।
उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ ।अन्य स्वास्थ्य समस्या भने नदेखिएको अस्पतालले जनाएको छ । अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ ।
उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा रहेका छन् । पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)