बुटवल,बैशाख १६-
लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटा नियुक्त भएका छन् । बिहिबार लुम्बिनी प्रदेश सरकारको क्याबिनेटको बैठकले उनलाई मन्त्रालयको सचिवमा नियुक्त गरेको हो ।
यसअघि डा. देवकोटा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको व्यवस्थापन महाशाखाको प्रमुख थिए ।
देवकोटाले बिहिबार नै कार्यभार सम्हालेको लुम्बिनी प्रादेशीक अस्पतालका सिनियर अहेव भीम ज्ञवालीले नागरिक अनलाइनलाइ जानकारी दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)