बुटवल,वैशाख १५-
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध ल्याइएको अविश्वास प्रस्तावलाई आजै निर्णयार्थ पेश हुने भएको छ । अविश्वास प्रस्तावमाथि आजै छिनोफानो गर्ने उद्देश्यले सांसदहरुको बोल्ने क्रम छोट्याइएको प्रदेशसभा सचिवालय स्रोतले जनाएको छ ।
केहीबेर अघि बसेको बैठकमा सांसदहरुले अविश्वास प्रस्तावमाथि टिप्पणी गर्ने क्रम सुरु भएको छ । केही सांसदले छलफलमा भाग लिइसकेपछि मुख्यमन्त्री गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यसपछि सभामुखले अविश्वास प्रस्ताव निर्णयार्थ पेश गर्न अनुमति दिने र सांसदहरुले मतदान गर्ने जनाइएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)