Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीमा जोर बिजोर प्रणाली उल्लंघन गर्ने ३५० मोटरसाइकल चालक कारबाहीमा

रुपन्देहीमा जोर बिजोर प्रणाली उल्लंघन गर्ने ३५० मोटरसाइकल चालक कारबाहीमा

  • 2.4K
    SHARES

  • रुपन्देहीमा जोर बिजोर प्रणाली उल्लंघन गर्ने ३५० मोटरसाइकल चालक कारबाहीमा

    बुटवल,वैशाख १५-

    रुपन्देहीमा जोर–विजोर प्रणाली उल्लंघन गर्ने सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    कोभिड–१९ को अवस्थालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति रुपन्देहीको निर्णय अनुसार मंगलबार सवारीसाधन चेकजाँच गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।

    जोर बिजोर प्रणाली उल्लंघन गर्ने ३५० मोटरसाइकल, १५१ नीजि सवारीसाधन र १९१ सार्वजनिक सवारीसाधन नियन्त्रणमा लिइएको बताए ।

    भैरहवाको मिलनचोक, बेथरी, बाईपास र बसन्तपुरमा भाडा तथा निजी सवारीसाधन चेकजाँच गर्दा उल्लंघन गरेका चालकहरु सम्झाई बुझाइ सवारीसाधन छाडिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology