Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रादेशिक अस्पतालमा बेड नपाएपछि देवदहकी कोरोना संक्रमित महिलाको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पतालमा बेड नपाएपछि देवदहकी कोरोना संक्रमित महिलाको मृत्यु

  • 3.1K
    SHARES

  • लुम्बिनी प्रादेशिक अस्पतालमा बेड नपाएपछि देवदहकी कोरोना संक्रमित महिलाको मृत्यु

    बुटवल,बैसाख १५-

    लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमै एक बिरामीको ज्यान गएको छ । कोरोना विशेष अस्पतालमा अक्सिजनयुक्त बेड नपाएपछि देवदह नगरपालिका–६ की ४९ वर्षीया महिलाको फिभर क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको हो ।

    उनी देवदह नगरपालिकाका एक वडा अध्यक्षकी श्रीमती हुन् । मंगलबार कोरोना संक्रमण पुष्टि भएकी उनमा उच्च ज्वरो, उच्च रक्तचाप र श्वास प्रश्वासमा समस्या थियो । उनलाई तत्कालै आईसीयूमा राखेर उपचार गर्नुपर्ने थियो ।

    देवदहका मेयर हिरा खत्रीले बिहानैदेखि बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालदेखि काठमाडौंको नर्भिक र ह्याम्स अस्पतालसम्म बेडको लागि कुरा गरेका थिए तर कतै नपाएको बताए  ।

    अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले कोरोना विशेष अस्पतालमा बेड खाली नभएकाले फिभर क्लिनिकमै राखेर उपचार गरिएको बताए ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसहित रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १७५ पुगेको छ ।जिल्लामा २९५ जना संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन् भने १३ सय १७ जना होम आइसोलेसनमा छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology