बुटवल,बैसाख १४-
सरकारले लामो बिदामा बसेका स्वास्थ्यकर्मीहरुको बिदा खारेज गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो मातहतका अस्पतालहरुमा बिदामा बसेका स्वास्थ्यकर्मीलाई तुरुन्त हाजिर हुनका लागि पत्र काट्न मन्त्रालयले निर्देशन जारी गरेको छ ।
कोरोना संक्रमणले महामारीको रुप लिएको भन्दै काममा हाजिर हुन भनेको छ ।
मन्त्रालयको स्वास्थ्य आपतकालिन तथा बिपद व्यवस्थापन इकाईका प्रमुख डा.समिर कुमार अधिकारीबाट जारी निर्देशनमा अस्पतालहरुमा दरबन्दी खाली भए यथासिघ्र बिज्ञापन गरि दरबन्दी पुरागर्ने, उपलब्ध जनशक्तिलाई आधा आधाको पालो गरि ड्युटी गराउने,थप जनशक्ति आवश्यक भए ६ महिनाको करार सेवामा भर्ना गर्ने,पद रिक्त भए तुरुन्त पुरा गर्ने तथा आवश्यकता अनुसार बहिरङ्ग सेवा र अति आवश्यक बाहेकका शल्यक्रिया समेत स्थगित गरि कोरोना संक्रमितको उपचारमा ब्यवस्थापन मिलाउन मन्त्रालयले निर्देशन गरेको छ ।
करिव १५ दिन देखि अकल्पनियरुपमा संक्रमितको संख्या थपिनुका साथै नयाँ थपिएका संक्रमितहरुमा अधिकांस लक्षण सहितको र अस्पताल भर्ना गर्नैपर्ने खालका रहेका कारण देशैभर कोरोनाका लागि तयार गरिएका अस्पतालहरु भरिएर थाम्न नसक्ने अवस्थामा पुगेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)