Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायी संघ रुपन्देहीद्वारा प्रतिव्यक्ति ५ लाखको दुर्घटना बीमा

लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायी संघ रुपन्देहीद्वारा प्रतिव्यक्ति ५ लाखको दुर्घटना बीमा

  • 2.4K
    SHARES

  • लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायी संघ रुपन्देहीद्वारा प्रतिव्यक्ति ५ लाखको दुर्घटना बीमा

    बुटवल, बैशाख १४-

    लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायी संघ रुपन्देहीले संघमा आवद्ध ५० जना सदस्यलाई प्रतिव्यक्ति ५ लाखको दुर्घटना बीमा गरेको छ । साथै  नववर्ष २०७८ सालको क्यालेण्डर विमोचन गरेको हाे । 

    संस्थाका अध्यक्ष प्रताप परियारको अध्यक्षता तथा संविधानसभा सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीको आतिथ्यतामा कार्यक्रम भएको हाे ।

    साे अवसरमा बोल्दै पहाडीले परम्परागतरुपमा रहेको सिलाई पेशालाई आधुनिक प्रविधिमा आईपुग्दा यसको निरन्तरताका लागि व्यवसायीकरणतर्फ अघि बढ्न आवश्यक रहेको बताए । उनले लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायीको हकहितको लागि संघ, प्रदेश र जिल्लाबाट सक्दो सहयोग जुटाउन लाग्ने बताए ।

    कार्यक्रममा संघका संस्थापक अध्यक्ष निर्मल दर्नाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य चिन्ता परियार, पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियार, रेडियो जागरणका सञ्चालक सरोज गौतम, संघका सदस्य राजु छिनाल लगायतले मन्तव्य राखेका थिए ।  बीमालाई बृद्धि गर्दै १ सय पुर्याउने लक्ष्य राखिएको सदस्य राजु बराहले बताए ।

    त्यस्तैगरी संघले सञ्चार क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई मायाको चिनोले सम्मान गरेको थियो ।

    संघका रुपन्देही कोषाध्यक्ष रविन रायमाझीको संयोजकत्वमा नववर्ष २०७८ को क्यालेण्डर प्रकाशन गरिएको हो । त्यस्तैगरी संघले सञ्चार क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई मायाको चिनोले सम्मान गरेको थियो । संघका जिल्ला सदस्य राजु बराहको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव कमल छिनालले गरेका थिए ।

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology