Logo शुक्रवार, श्रावण १५ गते २०८३
images

पत्रकार महासंघमा निर्वाचित युनियनकर्मीलाई प्रेस युनियन रुपन्देहीको सम्मान

पत्रकार महासंघमा निर्वाचित युनियनकर्मीलाई प्रेस युनियन रुपन्देहीको सम्मान

  • 3.8K
    SHARES

  • पत्रकार महासंघमा निर्वाचित युनियनकर्मीलाई प्रेस युनियन रुपन्देहीको सम्मान

    बुटवल, वैशाख १२-

    नेपाल पत्रकार महासंघमा नेपाल प्रेस युनियन रुपन्देहीबाट निर्वाचित भएकाहरुलाई नेपाल प्रेस युनियन रुपन्देहीले सम्मान गरेको छ ।

    प्रेस युनियन रुपन्देहीले आईतबार एक कार्यक्रमको आयोजना गरि नेपाल पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनमा जिल्लाबाट जिल्ला, प्रदेश र केन्द्रमा निर्वाचितलाई सम्मान गरेको हो ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीमा युनियनबाट अध्यक्षमा रामराज पोख्रेल, उपाध्यक्षमा विश्वास ढकाल तथा सदस्यहरुमा हरिकला अधिकारी, राधेश्याम विश्वकर्मा, सल्मान खान, प्रदिप आचार्य र नविन घिमिरे निर्वाचित हुनु भएको थियो । त्यस्तैगरी नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा भवानीप्रसाद पाण्डे तथा प्रदेशको महासचिवमा बिक्रम खड्का र प्रदेश सदस्यमा मीन ढकाल बिजयी हुनु भएको थियो ।

    नेपाल पत्रकार महासंघको हालै भएको निर्वाचनमा नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल (माधव नेपाल समुह), प्रगतिशिल पत्रकार संघ नेपाल र क्रान्तिकारी पत्रकार महासंघले चुनावी तालमेल गरेका थिए । विजयी भएकाहरुको सम्मानमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले व्यबसायिक पत्रकारितालाई जोड दिएका छन् ।

    कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले लोकतन्त्र र संविधानको रक्षा तथा न्यायको पक्ष कलम चलाउन र त्यसै अनुसारको वातावरण बनाउनको लागि महासंघका नवनिर्वाचित नेतृत्वलाई आग्रह गर्नुभयो ।

    त्यस्तैगरी नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष, युनियनका सल्लाहकार तथा नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का सभापति हरि लम्सालले दुई दशकपछि रुपन्देहीमा महासंघको नेतृत्व लोकतन्त्रवादीको हातमा आएको स्मरण गर्दै लोकतन्त्रलाई बलियो बनाउने काममा कृयाशिल हुन नवनिर्वाचित नेतृत्वलाई आग्रह गर्नुभयो ।

    प्रदेशको संरचना नयाँ भएपनि केन्द्रमा समेत रुपन्देही जिल्लाबाट प्रतिनीधि पाउन सफल भएको भन्दै उहाँले अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

    नवनिर्वाचित केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डे र रुपन्देही जिल्ला अध्यक्ष रामराज पोखरेलले पत्रकारहरुको व्यबसायिक हकहित संगै स्वास्थ्य सुरक्षा सहितको व्यबसायिक पत्रकारितालाई जोड दिईने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    प्रेस युनियन रुपन्देहीकी सभापत रेखा भुसालको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, नेपाल प्रेस युनियन रुपन्देहीका सल्लाहकार तथा लुम्बिनी प्रदेश समितिका सचिव हरिष ढकाल, सल्लाहकार माधव नेपाल, युनियन रुपन्देहीका उपसभापति कबिन्द्र नेपाल, सचिव श्यामशंकर पाण्डे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology