Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीका सबै विद्यालय बन्द :१४ गतेदेखि यातायातमा जोर-बिजोर प्रणाली,सबै पालिकामा कोराेना डेडिकेटेड एम्बुलेन्स चलाइने !

रुपन्देहीका सबै विद्यालय बन्द :१४ गतेदेखि यातायातमा जोर-बिजोर प्रणाली,सबै पालिकामा कोराेना डेडिकेटेड एम्बुलेन्स चलाइने !

  • 3.8K
    SHARES

  • रुपन्देहीका सबै विद्यालय बन्द :१४ गतेदेखि यातायातमा जोर-बिजोर प्रणाली,सबै पालिकामा कोराेना डेडिकेटेड एम्बुलेन्स चलाइने !

    बुटवल, वैशाख १२-

    कोराेनाको जाेखिम बढेपछि रुपन्देहीका १६ वटै स्थानिय तहका विद्यालय बन्द हुने भएको छ।   बैशाख मसान्तसम्म जिल्ला भरका विद्यालय तथा शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको छ ।

    कतिपय विद्यालयमा सञ्चालित परिक्षा पनि अर्को सूचना नभएसम्मको लागि स्थगित गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

    प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र जिल्लाका सबै स्थानिय तहका प्रमुखबीच भएको छलफलले याे निर्णय गरेको हाे ।

    बैशाख १४ गतेदेखि  सवारी साधनमा जोर विजोर प्रणाली :

    यसअघि बुटवल,तिलाेत्तमा र भैरहवा क्षेत्रका विद्यालय मात्र बन्द गर्ने निर्णय गरिएको थियो।  त्यसै गरी रुपन्देहीमा सञ्चालन हुने सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने छ। बैशाख १४ गते मंगलबारदेखी जिल्ला भित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोरविजोर प्रणाली लागू हुने भएको छ ।   जिल्लाका सबै हाटबजार सञ्चालनमा पनि रोक लगाउने आइतबारको बैठकले निर्णय गरिसकेको छ।  

    कोरोना संक्रमित ओसारपसारका लागि एक पालिकामा १ वटा डेडिकेटेड एम्बुलेन्स व्यवस्थापन :

    त्यस्तैगरी सबै स्थानीय तहहरुले कोरोना संक्रमितको ओसारपसारका लागि कम्तीमा एक वटा डेडिकेटेड एम्बुलेन्सको व्यवस्थापन गर्ने, आ आफ्नो पालिकामा रहेको कम्युनिटी आइशोलेशन र होम आइशोलेशनका क्षमता विकास गरी पूर्वतयारी अवस्थामा राख्ने निर्णय भएको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology