बुटवल,बैशाख ११-
प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड बुटवल शाखाले भेटघाट तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा ईन्स्योरेन्सका लुम्बिनी प्रदेश प्रमुख शिव प्रसाद पौडेलले सहजीकरण गर्नुभएको थियो । बुटवल शाखाका प्रमुख सुर्यस ज्ञवालीले यस्ता खालको कार्यक्रमले एजेन्सी म्यानेजरलाई थप हौसला प्रदान गर्ने बताउनुभयो ।
कार्यक्रममा ३५ जना एजेन्सी म्यानेजरको सहभागिता रहेको थियो । कार्यक्रममा वरिष्ठ एजेन्सी म्यानेजर लक्ष्मी ज्ञवाली , सीता दर्नाल, सकुन्तला खड्का थापा र बसन्ता घिमिरेले आ-आफ्नो मन्तव्य राख्नुभएको थियोे ।
उपस्थित सम्पुर्ण एजेन्सी म्योनेजरलाई खादा तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)