Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भोजपुर गोल्ड कप फुटबल : गोर्खा ब्याइज फाईनलमा 

भोजपुर गोल्ड कप फुटबल : गोर्खा ब्याइज फाईनलमा 

  • 3.5K
    SHARES

  • भोजपुर गोल्ड कप फुटबल : गोर्खा ब्याइज फाईनलमा 

    बुटवल,बैशाख ११-

    भोजपुरमा जारी अन्तराष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्ड कप फुटबल प्रतियोगीता २०७८ मा रुपन्देहीको गोर्खा ब्याइज एफसी विजयी हुदै उपाधि दाबेदारी पेश गरेको छ ।

    शुक्रबार भएको दोस्रो सेमीफाइनल खेलमा आयोजक भोजपुर एफसीलाई ट्राईबेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि दाबेदारी गरेको हो । उपाधिका लागि शनिबार गोर्खा ब्याइजले अफ्रिकन रुट एसोसियन क्यामरुनसंग फाईनलमा प्रतिस्प्रर्धा गर्नेछ ।

    निक्कै प्रतिस्प्रर्धात्मक खेलको निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेलमा समय थप गरिएको थियो थपिएको समयको दोस्रो मिनेटमा आयोजक भोजपुरका बिकाश राईले गोल गरेर अग्रता लिएपछि गोर्खा ब्याइज क्लब शक्ति राईले खेललाई बराबरीमा ल्याए ।

     
    ट्राइबेकरमा गोर्खा ब्याइज क्लब रुपन्देहीका गौरब श्रेष्ठ, फोफोना, शक्ति राई र मनोज श्रेष्ठले गोल गरेका थिए भने आयोजक भोजपुरका निशान लिम्बु र हेमन्त थापा मगरले गोल गरेका थिए भने बिजय भुजेल र शुसान्त तामाड्गको गोल रोकिदिएका थिए ।

    गोर्खा ब्याइज क्लब रुपन्देहीका पेपे म्यान अफ द म्याच घोषित हुदै नगद ३ हजार ५ सय तथा मेडलबाट पुरस्कृत भए । उनलाई भोजपुर नगरपालिकाका नगरप्रमुख कैलाश कुमार आलेले पुरस्कार वितरण गरेका थिए ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology