Logo मंगलवार, श्रावण १२ गते २०८३
images

टी–१० क्रिकेटः तिरुपति र लुम्बिनी खुकुरी क्रिकेट क्लव विजयी

टी–१० क्रिकेटः तिरुपति र लुम्बिनी खुकुरी क्रिकेट क्लव विजयी

  • 2.4K
    SHARES

  • टी–१० क्रिकेटः तिरुपति र लुम्बिनी खुकुरी क्रिकेट क्लव विजयी

    भैरहवा, वैशाख १०-

    भैरहवामा जारी स्टडील्याण्ड टी–१० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा तिरुपति क्रिकेट क्लब र लुम्बिनी खुकुरी क्रिकेट क्लब विजयी भएका छन् । तिरुपतिले घिनाहा–११ लाई १९ रन र खुकुरीले जीआरलाई क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै विजयी भएका हुन् ।

    सिद्धार्थ रंगशालमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको तिरुपतिले १ विकेटको क्षतिमा ९२ रनको योगफल बनायो । जसमा बसिर अहम्मदले अविजित ३६, अजय कौशिल्याले २० र तुलबहादुर थापाले अविजित १७ रन जोडे । बलिङमा घिनाहा–११ का जितेन्द्र साहनीले १ विकेट लिए ।

    प्रतिउत्तरमा घिनाहा–११ ले ९ विकेटको क्षतिमा ७३ रन मात्रै बनायो । जसमा शैलेष यादवले १९, दिलसाद अलीले १४ र अर्पण लोनियाले १३ रन बनाए । बलिङमा तिरुपतिका बसिर अहम्मद, एकलाख अहम्मद र अमृत गुरुङले समान २÷२ तथा मोहम्मद हुसेन र तुलबहादुर थापाले १÷१ विकेट लिए । बसिर अहम्मद म्यान अफ द म्याच भए ।

    दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको जीआरले ६ विकेटको क्षतिमा ८९ रनको योगफल बनायो । जसमा लक्की पाण्डेले ४१ र अर्जुन गिरीले ३१ रन बनाए । बलिङमा खुकुरीका रोशन थामीले ३, अजय लोनिया २ र दुर्गेश गुप्ताले १ विकेट लिए ।

    प्रतिउत्तरमा खुकुरीले ७ ओभर १ बलमा ३ विकेटको क्षतिमा ९४ रन बनाउँदै जित निकाल्यो । जसमा शंकर रानाले अविजित ३५, संदीप रजालीले २८ र निश्चल चौधरीले १६ रन बनाए । बलिङमा अर्जुन गिरीले २ तथा संदीप सुनारले १ विकेट लिए । रोशन थामी म्यान अफ द म्याच भए । शनिबार वेष्टर्न क्रिकेट क्लब र आरआर चिल्हिया तथा लुम्बिनी नव युवा र ग्राण्ड कस्मोबीच प्रतिस्पर्धा हुने आयोजक संस्था मेलवर्न क्रिकेट एण्ड स्पोट्र्स क्लब (एमसीसी)ले जनाएको छ ।

    प्रतियोगितामा विजेता टिमले नगर ५० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले २५ हजार र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरीजले १० हजार, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले समान ५÷५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी बेष्ट क्याच र बेष्ट सिक्सेसले दुई हजार ५ सय रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा भारतका दुई टिमसहित १६ टिम सहभागी छन् । प्रतियोगिता वैशाख १८ गतेसम्म चल्ने छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology