Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पछिल्लो २४ घण्टामा थप ११७० जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा थप ११७० जनामा कोरोना पुष्टि

  • 2.3K
    SHARES

  • पछिल्लो २४ घण्टामा थप ११७० जनामा कोरोना पुष्टि

    बुटवल भदाै २९-

    पछिल्लो २४ घण्टामा थप ११७० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्या कोरोनाबाट संक्रमित भएको हो। 

    प्रवक्ता गौतमका अनुसार यीसहित हालसम्म कुल संक्रमित हुनेको संख्या ५५ हजार ३२९ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ८७९ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ।

    हाल सक्रिय संक्रमितको संख्या भने १५ हजार ३९३ मात्रै छ।यस्तै मृतक थप १५ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म मृतक ३६० जनामा कोरोना देखिएको छ। पछिल्लो २४ घण्टामा १० हजार ८७८ जनाको पिसिआर परीक्षण गरिएको हो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology