Logo बिहिवार, आश्विन १ गते २०८३
images

जसपा संसदीय दलका नेता सन्ताेेषको दाबी : लुम्बिनीमा मुख्यमन्त्री पाेखरेलविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा पार्टीको संलग्नता छैन

जसपा संसदीय दलका नेता सन्ताेेषको दाबी : लुम्बिनीमा मुख्यमन्त्री पाेखरेलविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा पार्टीको संलग्नता छैन

  • 4.6K
    SHARES

  • जसपा संसदीय दलका नेता सन्ताेेषको दाबी : लुम्बिनीमा मुख्यमन्त्री पाेखरेलविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा पार्टीको संलग्नता छैन

    बुटवल,बैसाख ८

    जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेता आफू नै भएको दावी गर्दै नवनियुक्त भौतिक पूर्वाधारमन्त्री सन्तोषकुमार पाण्डेयले एमालेसँग सहकार्य गर्ने निर्णय नै आधिकारिक भएको बताएका छन् ।

    पाण्डेले विज्ञप्ति जारी गर्दै दलको बैठकले एमाले नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेकाले कोही कसैलाई भ्रममा नपर्न पनि आग्रह गरेका छन् । वर्तमान सरकारविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट पार्दै उनले आफ्नो हस्ताक्षरको दुरुपयोग भएको दाबि गरे ।

    ‘कुनै फरक प्रसङ्गमा भएका हस्ताक्षरलाई अविश्वासको प्रस्ताव दर्ता गर्दा दुरुपयोग गरिएकाले त्यस्तो क्रियाकलाप निन्दनीय छ । त्यसैगरी प्रदेशसभाको बैठक आह्वान गर्न प्रदेश प्रमुख समक्ष गरेको समावेदनप्रति पनि सहमति नरहेको जानकारी गराउँछु’ उनले प्रेस विज्ञप्ती जारी गर्दै भनेका छन् ।

    उनले भर्खरै हिउँदे अधिवेशन सम्पन्न भएको र बर्खे अधिवेशन छिट्टै बस्ने भएकाले विशेष अधिवेशन बस्न आवश्यक नभएकाले जनता समाजवादी पार्टीले अधिवेशनका लागि समावेदन नगरेको समेत बताए ।

    पाण्डेले एकीकरण भएपछि लुम्बिनीमा पार्टी समायोजन नभएकाले कारवाहीको हल्ला गर्नु आवश्यक नरहेको बताए ।

    यी समाचार पनि पढ्नुहाेस् :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology