बुटवल,बैशाख ८-
बाँकेमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
भेरी अस्पताल, नेपालगन्जमा उपचाररत नेपालगन्ज १२ का ती पुरुषको उपचारका क्रममा मध्यराती १२ मृत्यु भएको छ भने नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत अर्का एक पुरुषको आज बिहान ७ बजे मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिएका छन् ।
चैत्र २९ गते कोरोना संक्रमण पुष्टि भएसँगै भेरी अस्पताल भर्ना भएका ७० वर्षिय पुरुषको मध्यराती मृत्यु भएको ओलीले बताए ।
त्यसैगरि बैशाख ६ गते कोरोना पुष्टि भएर ६ गते साँझ मेडिकल कलेज भर्ना भएका ९० वर्षिय पुरुषको बिहान ७ बजे मृत्यु भएको हो ।
आज मृत्यु भएसँगै बाँकेमा जिल्ला भित्रको मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)