Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपालमा थप १५ जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या ३६० पुग्यो

नेपालमा थप १५ जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या ३६० पुग्यो

  • 2.6K
    SHARES

  • नेपालमा  थप १५ जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या ३६० पुग्यो

    बुटवल भदाै २९- 

    नेपालमा एकै दिन १५ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। 

    ९ वटा जिल्लाका ५ महिला र १० पुरुष गरी १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा काठमाडौंमा मात्र ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

    मोरङमा ४० र ७० वर्षीय पुरुष, काठमाडौंमा ६१ वर्षीया महिला, ७७, ६२, ७३, ८५ र ७० वर्षीय पुरुषको मृत्यु भएको हो । ललितपुरमा ५५, भक्तपुरमा ७३, रामेछापमा २३ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

    यस्तै, गोरखाका ६३, नवलपरासीका ६२, पर्साका ५५ र कपिलवस्तुकी ४७ वर्षीया महिलाको मृत्यु भएको छ । हाल १५ हजार ३९३ जना सक्रिय संक्रमित छन्। यीमध्ये होम आइसलेसनमा ८ हजार ११८ छन् भने संस्थागत आइसोलेसनमा ७ हजार २ सय ७५ जना छन्। 

    आज १० हजार ८७८ जनाको पिसिआर परीक्षण भएको छ।पछिल्लो २४ घण्टायता नेपालमा थप १ हजार १७० कोरोना संक्रमित पुष्टि भएका छन्। हाल ६८९२ जना क्वारेन्टाइनमा छन्। 

    पछिल्लो २४ घण्टामा ८७९ जना निको भएका छन् भने ३९ हजार ५७६ जना हालसम्म निको भइसकेका छन्। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology