Logo बुधवार, श्रावण १३ गते २०८३
images

रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६० पुग्याे

रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६० पुग्याे

  • 2.5K
    SHARES

  • रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६० पुग्याे

    बुटवल,बैसाख ७- 

    रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६० पुगेको छ । साेमबार थप एकजना कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

    चैत २२ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएकी बुटवल-१३ की ७९ वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा सोमबार मृत्यु भएको हो ।

    उनमा ज्वरो,निमोनिया र श्वासप्रश्वासको समस्या रहेको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए। यसैबीच सोमबार रुपन्देहीमा ४७ जना नयां संक्रमित थपिएका छन् ।

    यससँगै रुपन्देहीमा संक्रमितको संख्या ९ हजार ५५९ पुगेको छ भने ३ सय ८५ जना उपचारमा रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले नागरिक अनलाइलाइ बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology