Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुल्मी खैरेनीमा पैँचो पसलकाे नयाँ शाखा

गुल्मी खैरेनीमा पैँचो पसलकाे नयाँ शाखा

  • 3.9K
    SHARES

  • गुल्मी खैरेनीमा पैँचो पसलकाे  नयाँ शाखा

    बुटवल भदाै २९- 

    पैचो पसलले गुल्मीको सत्यवती–६ खैरेनीमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । किसानहरुको उत्पादनलाई बजारीकरण गर्ने र किसानहरुलाई सर्वसुलभ रुपमा दैनिक आवश्यक सामाग्री उपलब्ध गराउने उद्देश्यका साथ खैरेनीमा नयाँ शाखा विस्तार गरिएको पैचो पसलले जनाएको छ ।

    खैरेनीमा शाखा खुलेसँगै लामो समयदेखि सत्यवतीका किसानहरुले उत्पादन गरेका कृषि उपजहरु लामो दुरी पार गर्दै गुल्मीकै बलेटक्सार पुर्याउनु पर्ने बाध्यताको अन्त्य भएको स्थानीय किसानहरुले बताएका छन् ।

    यसअघि सत्यवती गाँउपालिकाअन्तर्गत ठूलो लुम्पेक, अस्लेवा, लिम्घा, हसरा, जोहाङ्ग, जुनिया र भार्सेका किसानहरुले लामो दुरी पार गर्दै पैचो पसलको बलेटक्सार शाखासम्म कृषि उत्पादन पुर्याउँदै आएका थिए ।

    स्थानीय किसानहरुको मागलाई सम्बोधन गर्दै सत्यवतीमा शाखा विस्तार गरिएको पैचो पसलका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बताए । भण्डारीका अनुसार पैचोले खैरेनीको शाखाबाट किसानहरुको सबै कृषि उपजहरु खरिद गर्नुका साथै किसान तथा स्थानीय उपभोक्तालाई आवश्यक सामाग्री बिक्रि समेत गर्ने छ । पैचोको नयाँ शाखाको सत्यवती गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकालले रिबन काटेर उदघाटन गरे ।

    उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले उपयुक्त बजार नपाएर समस्यामा परेका सत्यवतीका किसानहरुलाई पैचोको उपस्थितीले सहज बनाएको बताए ।ढकालले किसान र उपभोक्तालाई सुलभ र उपयुक्त मुल्यमा सामान उपलब्ध गराउन तथा किसानहरुको उत्पादनलाई राम्रो मुल्य दिन पैचोलाई सुझाव दिए ।

    कार्यक्रममा बोल्दै पैचोका प्रबन्ध निर्देशक ध्रुवराज न्यौपानेले कृषिलाई मुख्य आधार बनाएर खुलेको पैचोले नेपालमा नयाँ आयाम थपेको बताए । प्रबन्ध निर्देशक न्यौपानेले पैचो व्यवसाय मात्र नभएर कृषकको जीवनस्तर उकास्ने एउटा मोडेल बन्न सफल भएको बताए ।

    स्थानीय अगुवा कृषक अर्जुन कनौजेले पैचोले गुल्मीका धेरै किसानहरुको जीवनस्तर माथि उठाएको बताए । कनौजेले कृषि उपज बजार सम्म पु९याउँदा लाग्ने खर्चको तुलनामा पैचोले दिएको मुल्य उच्च भएको बताउँदै खेर गईरहेको कृषि उपजलाई सहज बजारको पहुँच दिने पैचोलाई सबैले सघाउनुपर्ने बताए ।

    कार्यक्रममा गाँउपालिका उपाध्यक्ष सुवर्ण शेरचन शाही, बलेटक्सार उद्योग वाणिज्य संघका अध्यक्ष तोयनारायण ज्ञवाली लगायतले पैचोको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

    सामाजिक भौतिक दुरी कायम गर्दै सञ्चालन भएको उदघाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, व्यवसायिक अगुवा, सुरक्षा निकायमा स्थानीय प्रमुख तथा पैचोमा आवद्ध स्थानीय लगानीकर्ता र सञ्चालकहरुको उपस्थिति रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology