Logo शुक्रवार, श्रावण १५ गते २०८३
images

साझा नेटर्वकद्वारा गुल्मीमा पत्रकार सम्मान तथा भित्तेपात्रो विमोचन

साझा नेटर्वकद्वारा गुल्मीमा पत्रकार सम्मान तथा भित्तेपात्रो विमोचन

  • 2.2K
    SHARES

  • साझा नेटर्वकद्वारा  गुल्मीमा पत्रकार सम्मान तथा भित्तेपात्रो विमोचन

    गुल्मी, बैशाख ५-
    साझा नेटर्वक मिडिया गुल्मीले भित्तेपात्रो विमोचन तथा शुभकामाना आदानप्रदान गरेको छ ।  तम्घासमा  पत्रकारलाई सम्मान समेत गरेको हो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले गुल्मी न्युज र साझा नेटर्वक सहितका अनलाईन आफ्नो अनलाइन पत्रकारिताको माध्यम बनेको बताएका थिए । 

    कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल, सचिव प्रेम सुनार, कार्यसमिति सदस्य हुमाकान्त पोखरेल, गुल्मीका क्रियाशिल पत्रकार अनिल खत्री लगायत गुल्मी बाग्लुङ्गका क्रियाशिल पत्रकारलाई साझा नेटर्वक ले सम्मान गरेको हाे  । 

    रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुषालले पत्रकारहरुले गलतलाई गलत र ठिकलाई ठिक भन्न आवश्यक रहेको बताएका छन् ।  पत्रकार कुनै राजनितिक पार्टी बिशेष नहुन पनि उनले आग्रह गरे । 

     नेपाल पत्रकार महासंघको चुनाबलाई लिएर प्रमुख अतिथि नगरप्रमुख भुषालले बिजय भएकाहरुलाई बधाइ तथा शुभकामना दिए । कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले निति, विधि र प्रविधिमा आधारित हुन जरुरी रहेको भन्दै सुचना र संचार जगतमा नेटर्वकको महत्वपूर्ण भुमिका भएकोले साझा नेटर्वकको पनि  भुमिका रहेको बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology