Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गृहमन्त्री रामवहादुर थापा पदमुक्त,सांसद पद पनि खारेज

गृहमन्त्री रामवहादुर थापा पदमुक्त,सांसद पद पनि खारेज

  • 4.2K
    SHARES

  • गृहमन्त्री  रामवहादुर थापा पदमुक्त,सांसद पद पनि खारेज

    बुटवल, बैशाख ५ -

    गृहमन्त्री रामवहादुर थापा बादलको राष्ट्रियसभा सदस्य पद रिक्त भएको छ ।

    नेकपा माओवादी केन्द्रले बादलमाथि कारवाही प्रक्रिया अघि बढाई संसद सदस्य रिक्त गर्न लिखित पत्र दिए अनुसार पद रिक्त भएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए ।

    सांसद सदस्यबाट हटे लगत्तै बादल गृहमन्त्रीबाट पनि स्वतः पदमुक्त भएका छन् । २०७४ सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्रको उम्मेदवारका रुपमा वागमती प्रदेशबाट थापा राष्ट्रियसभामा निर्वाचित भएका थिए । त्यसपछिमात्र नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको थियो ।

    बादललाई प्रधानमन्त्रीले पुनः मन्त्री नियुक्त गर्ने बताइएको छ । रिक्त राष्ट्रियसभा सदस्य पदका लागि ३५ दिनभित्र उपनिर्वाचन हुनेछ ।

    संसद सचिवालयको पत्र :

    samsad-sachibalaya.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology