Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लायन्स क्लव अफ तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा थापा

लायन्स क्लव अफ तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा थापा

  • 2.1K
    SHARES

  • लायन्स क्लव अफ तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा थापा

    बुटवल, बैसाख ५-

    लायन्स क्लब अफ तिलोत्तमा बुद्धज्योतिको चौथो वार्षिक अधिवेशनले वर्ष २०२१–२२ का लागि नयां कार्यसमिति चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा केशरबहादुर थापा (विष्णु) सहित सबै पदाधिकारी र सदस्य सर्वसम्मत निर्वाचत गरेको हो ।

    क्लबको प्रथम उपाध्यक्षमा गंगाराज सापकोटा,द्वितीय उपाध्यक्षमा देवबहादुर कुंवर,तृतीय उपाध्यक्षमा कृष्णप्रसाद पन्थी,सचिवमा विनोद भण्डारी,क्लब एड्मिनिस्ट्रेटरमा उपेन्द्रप्रसाद अधिकारी, कोषाध्यक्षमा शोभाखर सुनार,सहसचिवमा करन राना र सहकोषाध्यक्षमा हुतराज शर्मा निर्वाचित भएका छन् ।

    यस्तै मेम्बरसीप चेयर पर्सनमा राजेन्द्रप्रसाद शर्मा,एलसीआईएफ कोर्डिनेटरमा हिरा गिरी,क्लब सर्भिस चेयर पर्सनमा बसन्त पाण्डे,क्लब मार्केटिङ एण्ड कम्युनिकेसन चेयरपर्सनमा टोपराज शर्मा र टेल टुइस्टरमा रामप्रसाद पन्थी निर्वाचित भएका छन् । यस्तै क्लबको निर्देशकहरुमा मेख कुंवर,हिरा यादव,केशवरज पौडेल,दीपक अर्याल र आदर्श ज्ञवाली रहेका छन् ।

    सो अवसरमा क्लबका चार्टर प्रेसिडेन्ट भक्तबहादुर खड्का, पुर्व अध्यक्ष ज्ञानेन्द्र पोखरेल,निवर्तमान अध्यक्ष नारायण पाण्डले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिंदै सामाजिक सेवाका विविध क्षेत्रमा रचनात्मक काम गर्न सुझाव दिएका थिए । सो अवसरमा क्लबको नयां सदस्यका रुपमा टोपबहादुर पौडेललाई स्वागत गरिएको थियो ।

    क्लबले स्थापनाको दोस्रो वर्षमै योगिकुटीमा २० लाख रुपैयां लगानीमा लायन्स स्मार्ट पार्क निर्माण गरेको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology