Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीको देवदहमा नेपाल जेसिजको प्रेसिडेन्ट मिट हुदै

रुपन्देहीको देवदहमा नेपाल जेसिजको प्रेसिडेन्ट मिट हुदै

  • 3.8K
    SHARES

  • रुपन्देहीको देवदहमा नेपाल जेसिजको प्रेसिडेन्ट मिट हुदै

    बुटवल, बैशाख ५ -

    रुपन्देहीको देवदहमा नेपाल जेसिज एरिया डि अन्तर्गतका प्रेसिडेन्ट मिट–२०७८ हुने भएको छ । बैशाख १० र ११ गते हुने प्रेसिडेन्ट मिट–२०७८ मा नवलपरासीको गैडाकोट देखि महेन्द्रनगर सम्मका शाखा अध्यक्षहरुको भेला हुने नेपाल जेसिजले जनाएको छ ।

    देवदहमा पत्रकार सम्मेलनको आयोजना गरी देवदह जेसिजकोआतिथ्यतमा हुने भेलामा ५१ शाखाका अध्यक्षहरुको सहभागिता हुने जानकारी दिईयो ।

    भगवान गौतम बुद्धको मावली स्थल देवदहको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने र देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न भेलाले महत्वपूर्ण भूमिका खेल्ने जेसिजले अपेक्षा गरेको छ ।

    पत्रकार सम्मेलनमा बोल्दै देवदह जेसिजका अध्यक्ष केशवराज पराजुलीले बैहाख १० गते सम्पूर्ण शाखाका अध्यक्षहरुको सहभागिता हुने र बैशाख ११ गते विहान देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुको भ्रमण गराईने जानकारी दिए।

    देवदह क्षेत्रमा रहेका भवानीपुर, कन्यामाई, बैरीमाई, देवदह दह, पाकरी वृक्ष, गौतम बुद्ध राष्ट्रिय उद्यान क्षेत्रको अवलोकन गराईने उनले बताए ।

    पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक विष्णु न्यौपानेले भेलामा करिव ७ लाख खर्च हुने जानकारी दिंदै नेपाल जेजिस, विभिन्न संघसंस्थाहरुको सहयोगमा उक्त कार्यक्रम गर्ने बताए ।

    कार्यक्रममा देवदह जेजिसका पुर्वअध्यक्ष सुरेन्द्र अधिकारीले धन्यवाद ज्ञापन गर्दै भेलाले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न टेवा पुग्ने बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology