बुटवल, बैशाख ५ -
नेपाल पत्रकार महासंघ रुपन्देहीको एघारौं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमितिको पदस्थापना भएको छ ।
चैत २५ गते सम्पन्न भएको निर्वाचनबाट निर्वाचित रामराज पोख्रेल नेतृत्वको कार्यसमितिलाई यानेन्द्र जिसि नेतृत्वको कार्यसमितिले पदहस्तान्तरण गरेको हो । शनिबार एक समारोहको आयोजना गरि पदस्थापना गरिएको हो ।
उक्त अवसरमा बोल्ने पत्रकार महासंघका पूवअध्यक्ष तथा पत्रकार सम्बद्ध संगठनका नेताहरुले श्रमजीवी पत्रकारहरुले अपनत्व गर्ने संस्थाको रूपमा बिकास गर्नुपर्नेमा जोड दिएका छन । उनीहरूले चुनावका क्रममा भएका प्रतिष्पर्धा र प्रतिद्धन्दीतालाई भुलेर महासंघलाई सबै श्रमजिवी पत्रकारहरुले अपनत्व गर्ने संस्थाको रुपमा अगाडी बढाउन सुझाव दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्व अध्यक्ष बालकृष्ण चापागाईले पत्रकार महासंघको गरिमा सदैव उच्च राख्ने गरि काम गर्न सुझाव दिए । अर्का पूर्व अध्यक्ष विनोद पहाडीले रुपन्देहीको नवनिर्वाचित टिमले देशमै नमूना काम गरेर अब्बल सावित गर्नुपर्ने बताए ।
अर्का पूर्व अध्यक्ष दीपक ज्ञवालीले भोट तान्न सक्रिय भएजस्तै राम्रो काम गर्न त्यसैगरि सक्रिय हुन सुझाव दिए । महासंघका पूर्व केन्द्रीय सदस्य तथा निर्वाचन समितिका संयोजक नारायण सापकोटाले निर्वाचन एउटा प्रक्रिया भएकाले सबैलाई एकताबद्ध लैजानुपर्नेमा जोड दिए ।
महासंघ सबैखाले पत्रकारहरुको छाता संगठन भएको भन्दै उनिहरुले चुनावमा जुनसुकै संगठनबाट प्रतिनिधित्व गरे पनि निर्वाचित भएपछि सबै पत्रकारहरुको साझा नेतृत्व भएकोले नवनिर्वाचित कार्यसमितिले सोही अनुसारको व्यवहार गर्नुपर्ने आवस्यकता औल्याए ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्काले पत्रकार महासंघको साझा चरित्रलाई कायम राख्दै पेशागत अधिकारका लागि लाग्नुपर्ने बताए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रामराज पोखरेलले आफूहरु एउटा प्रक्रियाबाट चुनाव जितेर आएको भएपनि सबैलाई समेटेर साझा रुपमा महासंघलाई अघि बढाउने प्रतिबद्धता जनाए ।
निवर्तमान अध्यक्ष यानेन्द्र जिसिले आफूले १६ वर्ष पत्रकार महासंघमा बताएको स्मरण गर्दै आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
उक्त अवसरमा महासंघका निर्वतमान उपाध्यक्ष दिनेश पाण्डेले पत्रकार महासंघमा रहदा पत्रकारहरुको हकहितका लागि निरन्तर खटिएको स्मरण गर्दै बर्तमान नेतृत्वलाई सदैव सहयोग गर्ने प्रतिबद्धता राखे ।
कार्यक्रममा महासंघका निर्बतमान उपाध्यक्ष निरु गौतम, नेपाल प्रेस यूनियन रुपन्देहीका सभापती रेखा भुसाल, प्रेस चौतारी नेपाल रुपन्देहीका उपाध्यक्ष लक्ष्मण पौडेल, प्रेस संगठन नेपाल रुपन्देही संयोजक कमल रायमाझी, प्रेस चौतारीका नेता तथा लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी, डब्ल्यु डब्ल्यु जे रूपन्देही अध्यक्ष कल्पना तिवारी, जन पत्रकार संगठन रूपन्देही अध्यक्ष शिव डुम्रे, प्रगतिशील पत्रकार संघ रूपन्देही सचिव डिआर बन्जाडे, संसदीय मामिला पत्रकार समाज लुम्बिनी अध्यक्ष बिष्णु घिमिरे लगायतले बोल्दै पत्रकार महासंघले पत्रकारको हकहितलाई प्राथमिकतामा राखेर बाम गर्न सुझाव दिएका थिए ।
पदस्थापनामा निवर्तमान अध्यक्ष जिसिले नवनिर्वाचित अध्यक्ष पोखरेल तथा निवर्तमान सचिव रामप्रसाद आचार्यले नवनिर्वाचित सचिव विनोद परियारलाई पद हस्तान्तरण गरेका थिए ।
दुई दशकपछि पत्रकार महासंघ रुपन्देहीमा प्रेस युनियनको नेतृत्व,संयुक्त-लोकतान्त्रिक गठबन्धन बिजयी
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)