Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ओली सरकारको आयु सकिएको संकेत कर्णाली प्रदेशबाट देखियाे : प्रकाशमान

ओली सरकारको आयु सकिएको संकेत कर्णाली प्रदेशबाट देखियाे : प्रकाशमान

  • 1.8K
    SHARES

  • ओली सरकारको आयु सकिएको संकेत कर्णाली प्रदेशबाट देखियाे  : प्रकाशमान

    बुटवल,बैशाख ४- 

    नेपाली कांग्रेसका नेता प्रकाशमान  सिंहले ओली सरकारको पतन शुरु भएको बताएका छन् ।

    नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय स्याङ्जामा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले ओली सरकारको आयु सकिएको संकेत कर्णाली प्रदेशमा देखिएको बताए । अब नेपालको राजनीति फरक धारबाट बग्छ भन्ने स्पष्ट संकेत कर्णालीबाट देखिएको उनले बताए ।

    नेता सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारको आयु धेरै नभएको दाबी गदै कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर भएको र संसदीय पद्धति नै अन्त्य गर्न कम्युनिष्ट लागिपरेको आरोपसमेत लगाए ।

    असंवैधानिक निर्णय लिएको सरकारले गर्ने चुनावको वैधानिकता समेत  नहुने उनले जिकिर गरे । ओलीले सत्ताको आडमा फिँजाएका जालो चिरेर निष्पक्ष निर्वाचनको वातावरण बनाउनुपर्ने पनि उनले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology